Deuteronomy 29:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज यहाँ खडा हुने पुरुष, स्‍त्री, परिवार र कुलले हामी कोही पनि परमप्रभु हाम्रा परमेश्‍वरबाट फर्केर र अरू जातिका देव-देवताको पूजा गर्नेछैनौं भनी पक्‍का सङ्कल्‍प गर। नत्रता त्‍यो जरा बढेर एउटा तीतो र विषालु बोट बनेको जस्‍तो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होशियार! तिमीहरूमध्‍येका कोही पुरुष वा स्‍त्री, अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्‍वरदेखि बरालिएर नजाओस्‌। होश गर, तिमीहरूका बीचमा यस्‍तो तीतो विष उत्‍पन्‍न गर्ने कुनै जरो नहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह हाम्रा परमेश्‍वरबाट तर्किगएर ती जातिहरूका देवी-देवताहरू पूजा गर्ने हृदय भएको कुनै पनि पुरुष अथवा स्त्रीका कुल वा वंश तिमीहरूको बीचमा छैन भन्‍ने कुरा पक्‍का गर। तिमीहरूको बीचमा तितो विष उमार्ने कुनै पनि जरा नहोस् भनी निश्‍चित गर।
Nepali ERV (पवित्र बाइबल)
दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।