Deuteronomy 29:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तो मानिसलाई परमप्रभुले क्षमा गर्नुहुन्‍न। बरु परमप्रभुको बल्‍दो क्रोध त्‍यसमाथि दन्‍कनेछ र त्‍यसलाई उहाँले पूरा नाश नपारुञ्‍जेल यस पुस्‍तकमा लेखिएका सारा विपत्तिहरू त्‍यसमाथिपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्‍यै मन गर्नुहुनेछैन, तर उहाँको रीस र डाहको ज्‍वाला त्‍यस मानिसमाथि पर्नेछ। यस पुस्‍तकमा लेखिएका सबै सराप त्‍यसमाथि ओइरिनेछन्, र परमप्रभुले त्‍यसको नाउँ आकाशमुनिबाट मेट्‌नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई याहवेहले कहिल्यै क्षमा दिने मन गर्नुहुनेछैन। उहाँको क्रोध र डाहको जलन तिनीहरूको विरुद्धमा दन्कनेछ। यस व्यवस्थाका पुस्तकमा लेखिएका सबै श्रापहरू तिनीहरूमाथि पर्नेछन्। अनि याहवेहले तिनीहरूको नाम आकाशमुनिबाट मेटिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ।