Deuteronomy 29:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खेतबारीहरू गन्‍धक र नुनले ढाकेका उजाड, काम नलाग्‍ने भूमि बन्‍नेछन्। त्‍यहाँ केही कुरो रोपिनेछैन र जङ्गली झारपातसम्‍म त्‍यहाँ उम्रनेछैन। परमप्रभुले औधी क्रोध गरेर नाश गर्नुभएको सदोम र गमोरा, अदमा र सबोयीम सहरहरूजस्‍तै तिमीहरूको देश पनि हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आफ्‍नो डरलाग्‍दो रीसमा सदोम र गमोरा, अदमा र सबोयीमलाई ध्‍वंस गर्नुभएको जस्‍तै समस्‍त देशमा गन्‍धक र नून जलेको खाक मात्र हुनेछ। त्‍यो केही नरोपेको, केही नउम्रेको र रूखो घाँससम्‍म पनि नउम्रने बाँझो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा देशलाई नुन र गन्धकले जलाएर बरबाद गर्नेछ—त्यहाँ केही पनि रोपिनेछैन, उम्रनेछैन र कुनै रूखबिरुवा केही पनि उम्रनेछैन। त्यो देश याहवेहले आफ्नो भयानक क्रोधमा नष्‍ट पार्नुभएको सदोम र गमोरा, अदमा र सबोयीमजस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए।