Deuteronomy 29:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यसको उत्तर यो हुन्छ, ‘परमप्रभुका जनले आफ्ना पुर्खाका परमेश्वरले मिश्रबाट निकाली ल्याउनुहुँदा उहाँसित गरेका करार तोडेकोले नै त्यसो भएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले तिनीहरूसँग बाँध्नुभएको करार तिनीहरूले त्यागेकाले हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जवाफचाहिँ यस्तो हुनेछ, “किनकि यस जातिले याहवेह तिनीहरूका पितापुर्खाहरूका परमेश्वरको करार, उहाँले तिनीहरूलाई इजिप्टबाट ल्याउनुहुँदा तिनीहरूसँग गर्नुभएको करारलाई तोडेका छन्।
Nepali ERV (पवित्र बाइबल)
उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे।