Deuteronomy 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(ओग रपाईहरूका अन्‍तिम राजा थिए। तिनको पलङ्ग ढुङ्गाले बनिएको थियो। तोकिएको नापअनुसार त्‍यो चार मिटर लामो अनि प्राय: दुई मिटर चौडा थियो। त्‍यो अझसम्‍म अम्‍मोनी सहर रब्‍बामा देख्‍न सकिन्‍छ।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्‍म अम्‍मोनीहरूको सहर रब्‍बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित रहेका थिए। तिनको चिहान फलामबाट बनिएको थियो। त्यो नौ क्यूबिट लामो, चार क्यूबिट चौडा थियो। यो अझसम्म अम्मोनीहरूको रब्बामा छ।)
Nepali ERV (पवित्र बाइबल)
बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।