Deuteronomy 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब हामीले त्‍यो देश आफ्‍ना अधीनमा लियौं, तब मैले अर्नोन नदीको छेउको अरोएर सहरको उत्तरको प्रदेश र गिलादको पहाडी इलाकाको हिस्‍सा त्‍यसका सहरहरूसमेत रूबेन र गादका कुललाई दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला हामीले त्‍यो देश अधिकारमा लिँदा अर्नोन खोलाको अरोएरदेखि उत्तरतिर भएको इलाका र गिलादको पहाड़ी देशको आधा, त्‍यहाँका सहरहरूसमेत मैले रूबेनी र गादीहरूलाई दिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला हामीले अधिकार लिएको देशबाट मैले रूबेन र गादका घरानाहरूलाई गिलादको पहाडी मुलुकको आधा भागसँगै त्यसका सहरहरूसमेत गरी अर्नोन बेँसीको छेउमा भएका अरोएरका उत्तरको प्रान्त दिएँ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण हामीले भूमि आफ्नो बनायौ अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेंसी हो) गीलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गीलादको आधा भूमि पाएको छन्।