Deuteronomy 3:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको इलाका पश्‍चिममा यर्दन नदीसम्‍म उत्तरमा गालीलको समुद्रदेखि दक्षिणमा मृत सागरसम्‍म र पूर्वमा पिसगा पहाडको फेदसम्‍म फैलिएर गएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको पश्‍चिमी सिमाना अराबाको यर्दन, किन्‍नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रसम्‍म थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको पश्‍चिमी सिमानाचाहिँ अराबा थियो, जहाँ यर्दन नदी बग्दथ्यो। किन्‍नरेतदेखि पिसगाको भिरको तल अराबाको समुद्र (अराबा समुद्रको अर्को नाम मृत सागर पनि हो) सम्म थियो।
Nepali ERV (पवित्र बाइबल)
यर्दन नदी छेउको मरूभूमि तिनीहरूको पश्चिमी सिमाना हो। गालिल झील यस क्षेत्रको उत्तरमा र मृत समुद्र (खारा समुद्र) यसको दक्षिणमा पर्छ। यो पिस्गा भीरको सतह हो। तिनीहरू पूर्वमा पर्छन्।