Deuteronomy 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यही समयमा मैले तिनीहरूलाई यी आदेश दिएँ, ‘परमप्रभु हाम्रा परमेश्‍वरले यर्दनको पूर्वपट्टिको यो जमिन हाम्रा अधीनमा दिनुभयो। अब आफ्‍ना लडाकू मानिसहरूलाई तिमीहरूले हातहतियार देओ र तिनीहरूलाई अरू इस्राएली कुलहरूका अघि-अघि यर्दन पारि पठाओ। उनीहरूले त्‍यो देश लिनलाई तिमीहरूले सघाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा गरें: “परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिनुभएको छ। तापनि तिमीहरूमध्‍ये सबै योद्धाहरू हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूका अगि जानुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समयमा मैले तिमीहरूलाई यसरी आज्ञा दिएँ: “याहवेह तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूले अधिकार गर्नु भनी दिनुभएको छ। तर तिमीहरूका सबै बलिया मानिसहरू युद्धका निम्ति हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूको अगि यर्दन नदी पार गरेर जानुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बस्नलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इस्राएलीहरूलाई नदीको अर्कोपटिसम्म लिएर जाँदै गर्नु पर्छ।