Deuteronomy 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई यहाँ जमिन दिइसक्‍नुभएको छ। त्‍यसरी नै उहाँले तिम्रा इस्राएली-सङ्गीहरूलाई यर्दनको पश्‍चिमपट्टि जमिन दिनुहुनेछ। त्‍यो देश तिनीहरूका हातमा परी त्‍यहाँ तिनीहरू शान्‍तिसित बास गर्न नपाइञ्‍जेल तिमीहरूले तिनीहरूको मद्दत गर्नू। त्‍यसपछि तिमीहरू मैले दिएको यस स्‍थानमा फर्की आउन सक्‍नेछौ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिएसम्‍म, र तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले यर्दन पारि तिनीहरूलाई दिनुभएको भूमि अधिकार नगरेसम्‍म, तिमीहरूले यसो गर्नू। त्‍यसपछि मैले तिमीहरूको अधिकारमा दिएको देशमा हरेक मानिस फर्केर आउन सक्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म याहवेहले तिमीहरूलाई दिनुभएजस्तै तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुहुन्‍न, र तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई यर्दनपारि दिनुहुने देश प्राप्‍त गर्दैनन्, तिमीहरूले तिनीहरूलाई मदत गर्नुपर्नेछ। त्यसपछि तिमीहरू हरेक मैले तिमीहरूलाई अधिकार गर्न दिएको देशमा फर्केर जान सक्छौ।”
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले यर्दन नदीको अर्कोपट्टि दिनु भएको भूमि इस्राएलीहरूका आफन्तहरूले नपाएसम्म तिमीहरूलाई सहायता गर्नु पर्छ। तिमीहरूलाई परमप्रभुले शान्ति दिए झैं तिनीहरूले शान्ति नपाउञ्ञेल तिनीहरूलाई सहायता गर, तब मैले दिएको भूमिमा तिमीहरू फर्केर आउन सक्छौ।’