Deuteronomy 3:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसपछि मैले यहोशूलाई यस्तो आदेश दिएँ, ‘परमप्रभु हाम्रा परमेश्वरले ती दुई राजा सीहोन र ओगलाई के गर्नुभयो, त्यो तिमीले देखेका छौ। ज-जसका जमिन तिमीहरूले हमला गर्नेछौ, तिनीहरूसित पनि उहाँले त्यसै गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले त्यस बेला यहोशूलाई यस्तो आज्ञा दिएँ: “परमप्रभु तिमीहरूका परमेश्वरले यी दुई राजालाई जसो गर्नुभयो ती सबै तिमीले आफ्ना आँखाले देखेका छौ। अब तिमीहरू पारि जाँदा ती सबै राज्यहरूलाई पनि परमप्रभुले त्यसै गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला मैले यहोशूलाई आज्ञा गरेँ: “याहवेह तिमीहरूका परमेश्वरले ती दुई राजाहरूलाई के गर्नुभयो, सो तिमीहरू सबैले आफ्नै आँखाले देखेका छौ। तिमीहरू जहाँ गइरहेका छौ, त्यहाँका सबै राज्यहरूलाई पनि याहवेहले त्यसै गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तब मैले यहोशूलाई भने, ‘तिमीले यी दुई राजाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले गर्नु भएको सबै थोक देखेका छौ। तिमीहरू पसेका सबै राज्यहरूमा परमप्रभुले त्यस्तै गर्नु हुनेछ।