Deuteronomy 3:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘सार्वभौम परमप्रभु! मलाई थाहा छ कि जुन महान् र अचम्‍मका कुराहरू तपाईंले गर्न लाग्‍नुभएको छ, तिनको सुरु मात्र तपाईंले मलाई देखाउनुभएको छ। तपाईंजस्‍तो प्रतापी काम गर्ने अरू कुनै ईश्‍वर स्‍वर्गमा वा पृथ्‍वीमा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो दासलाई आफ्‍नो महानता र आफ्‍नो पराक्रम देखाउन लाग्‍नुभएको छ, किनभने स्‍वर्ग र पृथ्‍वीमा कुन ईश्‍वर छ, जसले तपाईंका जस्‍तै काम र प्रतापी कार्य गर्न सक्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे प्रभु याहवेह, आफ्नो सेवकलाई आफ्नो महानता र आफ्नो शक्ति तपाईंले देखाउन थाल्नुभएको छ। किनकि स्वर्ग वा पृथ्वीमा कुनचाहिँ देव छ, जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू र कामहरू गर्न सक्छन्?
Nepali ERV (पवित्र बाइबल)
‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हुँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौलिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान् अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्।