Deuteronomy 3:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूलाई चाहिँदो आदेश दे। त्यसलाई उत्साह दिएर बलियो बनाइदे किनभने त्यसले इस्राएलीहरूलाई डोर्याएर यर्दन पारि लैजानेछ र तैँले देखेको देशमा अधिकार गर्नेछ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहोशूलाई आज्ञा दे, र त्यसलाई प्रोत्साहन दिएर साहसिलो बना, किनकि त्यसले नै यी मानिसहरूलाई पारि लैजानेछ र तैंले देख्न लागेको त्यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहोशूलाई नियुक्त गर्, र त्यसलाई उत्साह दिएर बलियो बना। किनकि यस जातिलाई त्यसले पारि लैजानेछ र तैँले देख्न लागेको त्यो देश अधिकार गर्न लगाउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’