Deuteronomy 30:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब मैले आशिष् वा सरापमा एउटा चुन्ने मौका तिमीहरूलाई दिएको छु जब यी सबै कुराहरू भएर परमप्रभुले तिमीहरूलाई छरपष्ट पार्नुहुन्छ अनि तिमीहरू अरू जातिहरूका बीचमा बास गर्छौ, तब मैले दिएको यो चुन्ने मौका तिमीहरूले सम्झनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष् र श्राप तिमीहरूमाथि पर्नेछन् र तिनको स्मरण गरेर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्, तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पार्नुभएपछि तिमीहरूले ती हृदयमा लिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ।