Deuteronomy 30:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले उहाँका वचन मान्नुपर्नेछ र उहाँका शिक्षाको यस पुस्तकमा लेखिएका सबै नियमहरू पालन गर्नुपर्नेछ। अनि सम्पूर्ण हृदयले तिमीहरू उहाँतिर फर्कनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्यौ भने र आफ्नो पूरा हृदयले र आफ्नो पूरा प्राणले परमप्रभु आफ्ना परमेश्वरतिर तिमीहरू फर्क्यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले याहवेह आफ्ना परमेश्वरका आज्ञाहरू पालन गर्यौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र उर्दीहरू पालन गर्यौ भने, र यदि आफ्ना सारा हृदय र सारा प्राणले याहवेह तिमीहरूका परमेश्वरकहाँ फर्क्यौ भने उहाँ तिमीहरूसित प्रसन्न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्यौ र नियमहरूको अनुसरण गर्यौ भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ! यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ। जीवन र मृत्यु