Deuteronomy 30:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिमीहरूले आज मैले दिएका परमप्रभु तिम्रा परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ र उहाँलाई प्रेम गर्‍यौ अनि उहाँका सबै नियमहरू मान्‍यौ भने तिमीहरूको फलिफाप हुनेछ। तब तिमीहरू एक असङ्‍ख्य मानिसहरूका जाति बन्‍नेछौ। तिमीहरूले अधिकार गर्न आँटेका देशमा परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्‌न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि आज म तिमीहरूलाई आज्ञा दिन्छु, तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका मार्गहरूमा हिँड्नू र उहाँका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नू; तब तिमीहरू जीवित रहनेछौ र संख्यामा बढ्नेछौ। अनि तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुसरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिंजिनेछन्।