Deuteronomy 30:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूमाथि कृपा गर्नुहुनेछ। जुन देशहरूमा तिमीहरू छरपष्ट भएर बसेका थियौ, त्यहाँबाट तिमीहरूलाई परमप्रभुले फर्काइल्याउनुहुनेछ र फेरि तिमीहरूको उन्नति गराउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सुदिन फर्काइदिनुहुनेछ, र तिमीहरूमाथि दया देखाउनुहुनेछ। अनि उहाँले तिमीहरूलाई छरपस्ट पार्नुभएका सबै जातिहरूका बीचबाट फेरि भेला गराउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ।