Deuteronomy 30:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिमीहरू फेरि आफ्‍ना पुर्खाले एक समय बास गरेका देशलाई अधीनमा लिनेछौ। अनि उहाँले तिमीहरूलाई तिम्रा पुर्खाहरूभन्दा सङ्‍ख्‍यामा बढी र अरू धनी बनाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुनेछ, र तिमीहरूले त्‍यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्‍दा उन्‍नतिशील र असंख्‍य बनाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूका देशमा ल्याउनुहुनेछ, र त्यस देशमा तिमीहरूले अधिकार गर्नेछौ। उहाँले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूभन्दा अझै धेरै समृद्ध र असंख्य बनाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ।