Deuteronomy 30:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्रा परमेश्वरले तिमी र तिम्रा सन्तानलाई आज्ञाकारी हृदय दिनुहुनेछ र तिमीहरू आफ्ना पूरा हृदयले उहाँलाई प्रेम गर्नेछौ र त्यस देशमा बास गरिरहनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका र तिमीहरूका सन्तानहरूका हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमीहरूले उहाँलाई आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले प्रेम गर्न सक र त्यस देशमा तिमीहरू जीवित रहन सक।
Nepali ERV (पवित्र बाइबल)
अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।