Deuteronomy 30:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले गरेका सबै काममा परमप्रभुले फलिफाप गराउनुहुन्‍छ। तिमीहरूका धेरै सन्‍तान र गाई-वस्‍तु हुनेछन् अनि तिम्रा जमिनहरूले धेरै अन्‍नबाली दिनेछन्। तिम्रा पिता-पुर्खाको फलिफाप गराउँदा परमप्रभुले जस्‍तो आनन्‍द पाउनुभएथ्‍यो, त्‍यस्‍तै आनन्‍द तिमीहरूको फलिफाप गराउनमा पनि उहाँले पाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमीहरूका हातका सबै काममा, सन्‍तानमा, गाईबस्‍तुका बाछा-बाछीहरूमा र भूमिका अन्‍नहरूमा आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा र तिमीहरूका सन्तानमा, गाईबस्तुका बाछाबाछीहरूमा र जमिनका अन्‍नबालीहरूमा अति धेरै समृद्धि प्रदान गर्नुहुनेछ। याहवेह तिमीहरूका पितापुर्खाहरूसँग प्रसन्‍न हुनुभएझैँ तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ।