Deuteronomy 31:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक मात्र आराधना-स्‍थलमा इस्राएलीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरलाई पुज्‍न आउँदा यो तिनीहरूलाई पढी सुनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले छान्‍नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्‍ने गरी तिमीहरूले यो व्‍यवस्‍था पढ्‌नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सारा इस्राएलीहरू याहवेह आफ्ना परमेश्‍वरको उपस्थितिमा, उहाँले चुन्‍नुभएको ठाउँमा देखा पर्न आउँछन्, तब तिमीहरूले यो व्यवस्थालाई तिनीहरूले सुन्‍ने गरी पढ्नू।
Nepali ERV (पवित्र बाइबल)
त्यस बेला परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ।