Deuteronomy 31:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै पुरुष, स्त्री, केटा-केटी र तिम्रा सहरहरूमा बास गर्ने विदेशीहरूलाई एकसाथ बोलाउनू अनि सबैले यो सुनेर परमप्रभु तिम्रा परमेश्वरलाई आदर गर्न र विश्वासयोग्यसाथ उहाँका शिक्षाहरू पालन गर्न सिकून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुरुष र स्त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न र यस व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै मानिसहरूलाई भेला गर्नू; पुरुष, स्त्री, छोराछोरी र तिमीहरूका सहरहरूमा बसोबास गर्ने विदेशीहरू; ताकि तिनीहरूले पनि सुनून् र याहवेह तिमीहरूका परमेश्वरको डर मान्न र यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्न सिकून्।
Nepali ERV (पवित्र बाइबल)
पुरूष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिनीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नु सिकनेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्।