Deuteronomy 31:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमप्रभु तिमीहरूका परमेश्वरको नियमबारे कहिल्यै नसुन्ने तिम्रा सन्तानले पनि यसबारे सुन्नेछन्। अनि तिमीहरूले यर्दनपारि अधीन गर्न आँटेका देशमा बास गरून्जेल तिनीहरूले उहाँको वचन पालन गर्न सिक्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्जेल यो व्यवस्था नजान्ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न सिक्नुपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस व्यवस्थालाई नजान्ने तिनीहरूका छोराछोरीहरूले यसलाई सुन्नैपर्छ। अनि तिमीहरूले यर्दनपारि अधिकार गर्न जाँदैगरेको देशमा बाँचुन्जेल याहवेह तिमीहरूका परमेश्वरको डर मान्न सिकून्।”
Nepali ERV (पवित्र बाइबल)
यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिकनेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।”