Deuteronomy 31:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब तँ धेरै दिन बाँच्‍नेछैनस्। यहोशूलाई बोलाएर पवित्र पालमा लिएर आइज र म त्‍यसलाई आदेश दिनेछु।” मोशा र यहोशू पवित्र पालमा गए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तेरो मृत्‍युको दिन नजिक आइपुग्‍यो। यसकारण यहोशूलाई बोला, र भेट हुने पालमा तिमीहरू हाजिर होओ। त्‍यहाँ म त्‍यसलाई कार्यभार सुम्‍पनेछु।” तब मोशा र यहोशू गएर भेट हुने पालमा हाजिर भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई भन्‍नुभयो, “अब तेरो मृत्युको दिन नजिकै छ। यहोशूलाई बोला, र तँ आफैँ पनि भेट हुने पालमा उपस्थित हुनु। त्यहाँ म त्यसलाई जिम्मेवारी सुम्पनेछु।” यसकारण मोशा र यहोशूले आफूलाई भेट हुने पालमा उपस्थित गराए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिम्रो मृत्यु नजिकै आएको छ। यहोशूलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशूलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोशू भेट हुने पालमा गए।