Deuteronomy 31:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पुर्खालाई मैले प्रतिज्ञा गरेअनुसार म तिनीहरूलाई त्यस धनी र मलिलो देशमा लैजानेछु। त्यहाँ तिनीहरूले चाहेजति सबै खानेकुरा पाउनेछन् र सुख सुबिस्तामा बास गर्नेछन्। तर तिनीहरू फर्की गएर अन्य देव-देवता पुज्नेछन्। तिनीहरूले मलाई अस्वीकार गर्नेछन् र मेरो करार तोड्नेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पिता-पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको, दूध र मह बग्ने देशमा मैले तिनीहरूलाई पुर्याएपछि, तिनीहरू खाई-पिई मोटाएर अन्य देवताहरूतिर लाग्नेछन् र यिनीहरूलाई पुज्नेछन्, अनि मलाई तिरस्कार गरेर मेरो करार उल्लङ्घन गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले तिनीहरूलाई दूध र मह बग्ने देशमा, तिनीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा ल्याउँछु, तिनीहरूले अघाउन्जेल खाएर मोटाउनेछन्। अनि मलाई तिरस्कार गरेर मेरा करार भङ्ग गर्दै तिनीहरू अरू देवी-देवताहरूतिर लाग्नेछन्; र तिनीहरूलाई आराधना गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सएदो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्।