Deuteronomy 31:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि धेरै डरलाग्‍दा विपत्तिहरू तिनीहरूमाथि आउनेछन्। तर यो गीत गाउनुपर्नेछ र तिनका विरुद्धमा यो गीत एउटा साक्षीको रूपमा रहनेछ। अहिले नै मैले दिन्‍छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई पुर्‍याउनुभन्दा अघि नै तिनीहरू के सोचिरहेका छन्, सो म जान्‍दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै आपत्‌-विपत्‌ र कठिनाइहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाहझैँ हुनेछ, किनकि त्‍यो तिनीहरूका सन्‍तानहरूले कहिल्‍यै बिर्सनेछैनन्‌। तिनीहरूलाई प्रतिज्ञामा दिन्‍छु भनेको देशमा पुर्‍याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्, तब यस गीतले तिनीहरूको विरुद्धमा साक्षी दिनेछ। किनकि तिनीहरूका सन्तानले यसलाई बिर्सेका हुनेछैनन्। मैले तिनीहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा मैले तिनीहरूलाई ल्याउन अगि नै तिनीहरूले के गर्ने विचार गरेका छन् भनी म जान्दछु।”
Nepali ERV (पवित्र बाइबल)
तब धेरै डरलाग्दा कुराहरू तिनीहरूमाथि घट्नेछन् अनि तिनीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिनीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिनीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिनीहरूले के गर्ने योजना बनाउँदैछन्।”