Deuteronomy 31:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि परमप्रभुले नूनको छोरो यहोशूसित बोल्‍नुभयो र तिनलाई भन्‍नुभयो, “साहस गर्‌ र बलियो बन्। इस्राएलीहरूलाई तैँले नै अगुवाइ गरी मैले प्रतिज्ञा गरेको देशमा पुर्‍याउनेछस् अनि म तँसित रहनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले नूनको छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो र साहसी हो! किनकि मैले दिन्‍छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा तैंले नै इस्राएलीहरूलाई पुर्‍याउनेछस्, र म आफै तँसँग हुनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले नूनका छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो बन् र साहस गर्; किनकि मैले शपथ खाएर प्रतिज्ञा गरेको देशमा इस्राएलीहरूलाई तैँले ल्याउनेछस्, र म आफैँ तँसँग हुनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”