Deuteronomy 31:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा कुल-कुलका अगुवा र अधिकृतहरू सबैलाई मेरो सामु भेला गर र म तिनीहरूलाई यी कुरा भन्न सकूँ। तिनीहरूका विरुद्धमा म स्वर्ग र पृथ्वी साक्षी राख्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका कुलका सबै धर्म-गुरुहरूलाई र तिमीहरूका सबै अधिकारीहरूलाई मकहाँ भेला गराओ, र म यी वचन तिनीहरूलाई सुनाउनेछु, र तिनीहरूका विरुद्ध आकाश र धरती साक्षी राख्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो अगि तिमीहरूका कुलका सबै प्रधानहरू र तिमीहरूका सबै अधिकृतहरूलाई भेला गर; ताकि म तिनीहरूले सुन्ने गरी यी वचनहरू बोल्न सकूँ; अनि आकाश र पृथ्वीलाई तिनीहरूको विरुद्धमा साक्षी राख्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बूढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिनीहरूको विरूद्धमा साक्षी बस्न लगाउने छु।