Deuteronomy 31:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मोशाले परमेश्वरको नियम लेखे अनि परमप्रभुका करारको सन्दुक आफ्नो जिम्मा लिएका लेवी पूजाहारीहरू र इस्राएलका अगुवाहरूलाई दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशाले व्यवस्था लेखेर परमप्रभुका करारको सन्दूक बोक्ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले यो व्यवस्था लेखे, र त्यो लेवी पुजारीहरू, याहवेहको करारका सन्दुक बोक्ने पुजारीहरू र इस्राएलका सबै प्रधानहरूलाई सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले व्यवस्था लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए।