Deuteronomy 32:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरुडले आफ्ना बचेरालाई उड्न सिकाउँदा, त्यसले पखेटा फैल्याएर तिनीहरूलाई थामेझैँ परमप्रभुले इस्राएलीलाई लड्नबाट जोगाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गुँड़लाई हल्लाएर आफ्ना बचेराहरूमाथि हावामा उड़िरहने, पखेटा फैलाई बचेराहरूलाई थाम्ने, र आफ्ना प्वाँखमाथि ती बोक्ने गरुडले झैँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चीलले आफ्नो गुँडलाई चलाएझैँ, र आफ्नो बचेरालाई पखेटाले ढाकेझैँ, त्यसले तिनीहरूलाई पक्रनको लागि आफ्ना पखेटा फैलाएझैँ, र तिनीहरूलाई उचाइमा बोकेझैँ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलको निम्ति परमप्रभु गरूड झैं हुनु हुन्थ्यो। गरूड्ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ, सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उडछे। उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पंखेटा फिंजाउँछे। अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे। परमप्रभु त्यस्तै हुनुहुन्छ।