Deuteronomy 32:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उहाँले तिनीहरूलाई अग्ला पहाडी ठाउँहरूमा राज गर्न दिनुभयो र खेतबारीमा उब्जेका थोक तिनीहरूले खाए। चट्टानमा तिनीहरूले जङ्गली मह पाए, ढुङ्गेनी ठाउँमा तिनीहरूका जैतुनका रूखहरू लहलह भई फैलिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई पृथ्वीका अग्ला ठाउँहरूमाथि सवार गराउनुभयो, अनि तिनलाई खेतको उब्जनी खुवाउनुभयो। उहाँले तिनलाई पहराको मह र दर्शनढुङ्गाको भीरबाट तेल खुवाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनलाई पृथ्वीको अग्लो ठाउँहरूमा सवार गराउनुभयो; र तिनलाई खेतबारीमा उब्जेका फलहरू खुवाउनुभयो। उहाँले तिनलाई पहराबाट निकालेको मह र चट्टाने ठाउँमा उम्रेको जैतुन बोटबाट निकालेको तेलले,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो अनि याकूबले खेतको उब्जनी लगे। परमप्रभुले उसलाई पहराको मह दिनुभयो, अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।