Deuteronomy 32:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका गाई-बाख्राले प्रशस्‍त दूध दिए, सबैभन्दा असल भेडा-बाख्रा र गाई-गोरु तिनीहरूसित थिए, सबैभन्दा उत्तम गहुँ र मद्य तिनकै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गाई-गोरुको बथान र भेड़ाबाख्राको बगालबाट दूध र दही, अनि पोस्‍याइएका थुमा र बाख्राहरू, बाशानका छानिएका भेड़ाहरू, र गहूँका असल दानाहरू उहाँले तिनलाई खुवाउनुभयो। तिमीहरूले फीँज उठेको दाखरस पियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बथान र बगालबाटको दही र दूधले, र मोटा थुमाहरू र बाख्राहरूले बाशानका सबैभन्दा असल भेडाहरूले र गहुँका सर्वोत्तम दानाले पालनपोषण गर्नुभयो। तिमीहरूले दाखबाट तयार भएको दाखरस पियौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट र भेडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो; उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेडाहरू र अति असल गहुँ दिनुभयो। इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।