Deuteronomy 32:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुका प्रजा धनी भए तर विद्रोही भए, तिनीहरू मोटाएका र खानाले टम्‍म अघाएका थिए, तिनीहरूले आफ्‍ना सृष्‍टिकर्ता परमेश्‍वरलाई त्‍यागे, र आफ्‍ना प्रतापी उद्धारकर्तालाई इन्‍कार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यशूरूनले मोटाएर लात हाने, राम्ररी खान पाएर ती मोटा र चिल्‍ला भए। तब तिनले आफूलाई सृष्‍टि गर्नुहुने परमेश्‍वरलाई त्‍यागे, र आफ्‍ना उद्धारकर्ता चट्टानलाई तुच्‍छ ठाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यशूरून मोटो भयो, र त्यसले लात हान्यो; भोजनले टन्‍न अघाए, तिनीहरू मोटा र चिल्‍ला भए। तिनीहरूले आफूलाई सृष्‍टि गर्नुहुने परमेश्‍वरलाई त्यागे, र तिनीहरूका उद्धारको चट्टानलाई इन्कार गरे।
Nepali ERV (पवित्र बाइबल)
तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।