Deuteronomy 32:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झूटो ईश्वर, पुर्खाले कहिले नचिनेको ईश्वर, इस्राएलले कहिल्यै नमानेका ईश्वरलाई तिनीहरूले बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भूतहरूका निम्ति बलि चढ़ाए, जो ईश्वर होइनन्, तिनीहरूले नचिनेका देवताहरूलाई, भर्खरै देखा परेका देवताहरूलाई, तिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भूतहरूका निम्ति बलिदान चढाए, जो परमेश्वर होइनन्; आफूले नचिनेका देवी-देवताहरू, भर्खरै देखा परेका नयाँ देवी-देवताहरू, तिमीहरूका पितापुर्खाहरूले डर नमानेका देवी-देवताहरू।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए। त्यो तिनीहरूले जान्दैन थिए, ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।