Deuteronomy 32:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो शिक्षा झरीका थोपाहरूजस्ता खस्नेछ, र पृथ्वीमा शीतझैँ जम्नेछ। मेरो वचन कलिला बिरुवाहरूमाथि सिमसिमे पानी परेझैँ र दुवोमाथि हलुकारूपमा पानी परेझैँ खस्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा शिक्षा झरीझैँ बर्सन देओ, मेरो वचन शीतझैँ झर्न देओ, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, झारपातमाथि दर्कने पानीझैँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो शिक्षा वर्षाजस्तै झर्नेछ, र मेरा शब्दहरू शीतजस्तै खस्नेछ, नयाँ घाँसमा पानीका थोपाझैँ; कलिला बोटबिरुवाहरूमाथि परेको झरीजस्तै।
Nepali ERV (पवित्र बाइबल)
मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूइँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।