Deuteronomy 32:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्तिद्वारा तिनीहरूले मलाई रिस उठाएका छन्, ईश्‍वर भनाउँदा देवताहरू, जो ईश्‍वर होइनन्, तिनीहरूद्वारा मलाई ईर्ष्‍यालु बनाएका छन्। यसर्थ एउटा बेकामको जातिद्वारा तिनीहरूलाई रिस उठाउनेछु, मुर्खहरूका जातिद्वारा तिनीहरूलाई ईर्ष्‍यालु तुल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो ईश्‍वर होइन, त्‍यसको कारण तिनीहरूले मलाई डाही तुल्‍याए, तिनीहरूका व्‍यर्थका मूर्तिहरूद्वारा तिनीहरूले मलाई रीस उठाए। एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई डाही बनाउँछु, समझै नभएको एउटा जातिद्वारा तिनीहरूको रीस उठाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो ईश्‍वर नै होइन, त्यसैद्वारा तिनीहरूले मलाई डाही तुल्याए र तिनीहरूका व्यर्थको मूर्तिहरूद्वारा मलाई रिस उठाए। म तिनीहरूलाई कमजोर जातिद्वारा डाही तुल्याउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन् तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए। म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्। म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।