Deuteronomy 32:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो रिस आगोजस्तो दन्कनेछ र पृथ्वीका सबै थोक भस्म पारिदिनेछ, पृथ्वीमुनि पुगेर त्यसले पहाडका जरा डढाइदिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मेरो रीसले एउटा आगो सल्काएको छ, जसले तल मृत्युको राज्यसम्मै जलाउँछ। त्यसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, र पहाड़हरूका जगमा आगो लाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरो क्रोधद्वारा आगो सल्केको छ। जसद्वारा मृतकहरूको ठाउँ तल पातालसम्मै आगो लगाउनेछ। जसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, अनि पर्वतहरूको जगमा आगो लगाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।