Deuteronomy 32:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू भोक र ज्‍वरोले मर्नेछन्, तिनीहरू डरलाग्‍दा रोगले मर्नेछन्। तिनीहरूलाई हमला गर्न मैले जङ्गली जनावरहरू पठाउनेछु र तिनीहरूलाई डस्‍न मैले विषालु सर्पहरू पठाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूका विरुद्धमा नाश गर्ने अनिकाल पठाउनेछु, क्षय गर्ने महामारी र भयङ्कर रूढ़ी। तिनीहरूका विरुद्ध जङ्गली जनावरका दाह्रा पठाउनेछु, र भूइँमा घस्रने विषालु सर्पहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूका विरुद्धमा विनाशकारी अनिकाल, भस्म गर्ने महामारी र घातक रूढी पठाउनेछु; तिनीहरू विरुद्ध डरलाग्दो दाह्रा भएका जङ्गली जनावरहरू हमला गर्न पठाउनेछु, र जमिनमा घस्रने विषालु सर्पहरू तिनीहरूलाई मार्न पठाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू भोकले, दुर्बल हुनेछन् अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्। तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु। विषालु साँपहरू र छेपाराहरूले तिनीहरूलाई टोएने छन्।