Deuteronomy 32:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँले सडक-सडकमा मृत्‍यु ल्‍याउनेछ, घर-घरमा डरलाग्‍दा कुराहरू आइलाग्‍नेछन्। जवान पुरुष र स्‍त्री मर्नेछन्, बुढा मानिस र केटा-केटीहरू पनि बाँच्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गल्‍ली-गल्‍लीमा तरवारले तिनीहरूलाई निस्‍सन्‍तान बनाउनेछ, तिनीहरूका घर-घरमा आतङ्कले राज्‍य गर्नेछ। युवक-युवतीहरू दुवै नष्‍ट हुनेछन्, दूधे-बालक र केश फुलेका बुढापाका पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई सडकहरूमा तरवारले निःसन्तान बनाउनेछ; घरहरूमा चाहिँ तिनीहरूका बीचमा आतङ्क फैलिनेछ। जवान पुरुष र स्त्रीहरू नाश हुनेछन्। शिशुहरू र केश फूलेका बुढापाकाहरू पनि नाश हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरुलाई मार्नेछन्।