Deuteronomy 32:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिनीहरूलाई बदला लिनुभएर सजायँ दिनुहुनेछ; तिनीहरूको ढल्ने समय आउनेछ, तिनीहरू नाश हुने दिन नजिकै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। ठीक समयमा उनीहरूको खुट्टा चिप्लनेछ, उनीहरूको पतनको दिन नजिक आएको छ। उनीहरूको सर्वनाश उनीहरूमाथि आइपर्दैछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बदला लिने काम मेरो हो; म बदला लिनेछु, ठिक समयमा तिनीहरूका खुट्टा चिप्लनेछ; तिनीहरूको विपत्तिको दिन नजिकै छ, र तिनीहरूको विनाश तिनीहरूमाथि आइपर्न लागेको छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’