Deuteronomy 32:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्ना प्रजालाई उद्धार गर्नुहुनेछ जब तिनीहरूको बल सकेको उहाँले देख्नुहुनेछ उहाँले आफ्ना सेवा गर्नेहरूमाथि कृपा गर्नुहुन्छ, जब तिनीहरू असहाय भएको देख्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूको बल घटेको र बँधुवा वा फुक्का केही नरहेको उहाँले देख्नुहुन्छ। तब परमप्रभुले आफ्ना मानिसहरूको इन्साफ गर्नुहुनेछ, र आफ्ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याहवेहले आफ्नो जातिको बल घटेको अनि कमारा वा स्वतन्त्र शेष नरहेको देख्नुहुनेछ, तब उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ; र आफ्ना सेवकहरूप्रति दया देखाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ। तिनीहरू उहाँका सेवकहरू हुन् अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ। उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ। कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।