Deuteronomy 32:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफ्नो झलझल चम्कने तरवारमा शान लाउनेछु, र सबै विषयमा न्याय गराइछोड्नेछु। म आफ्ना शत्रुहरूसित बदला लिनेछु, र मलाई घिन गर्नेहरू सबैलाई सजायँ दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म आफ्नो चम्कने तरवारमा शान लगाउँछु, र मेरो हातले इन्साफमा त्यो पक्रन्छ, तब म मेरा विरोधीहरूमाथि बदला लिनेछु, र मलाई तिरस्कार गर्नेहरूलाई साटो फेर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म मेरो चम्किलो तरवारमा धार लगाउँछु, र न्यायको निम्ति मेरो हातले त्यो पक्रन्छ, म मेरो विरोधीहरूसँग बदला लिनेछु; अनि मलाई घृणा गर्नेहरूलाई बदला लिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म प्रतिज्ञा गर्छु, म मेरो चम्किने तरवार उधाउँनेछु, मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु। म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।