Deuteronomy 32:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा वाणहरू तिनीहरूको रगतमा डुबाउनेछु र मेरो तरवारले मलाई विरोध गर्ने सबैलाई मार्नेछ। मसित लडाइँ गर्ने कसैलाई म छोड्नेछैनँ; घाइते र कैदीहरू पनि मर्नेछन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरा काँड़हरूलाई रगतले मत्याउनेछु, जब मेरो तरवारले मासु खाँदछ, मारिएका र कैदमा परेकाहरूको रगत, शत्रुहरूका नायकहरूका शिर!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरा काँडहरूलाई रगतले मताउनेछु; अनि मेरा तरवारले चाहिँ मासु खानेछ: मारिएका र कैदमा परेकाहरूको रगत, र शत्रुहरूका अगुवाहरूका शिरहरू हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
मेरा शत्रुहरू मारिनेछन् अनि बन्दी हुन्छन्। मेरो काँडहरू तिनीहरूको रगतले रंगिने छन्। मेरो तरवारले तिनीहरूका सैनिकहरूका शिर काटूनेछ।