Deuteronomy 33:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तिनका कुललाई बलियो बन्न मद्दत गर्नुहोस्, तिनीहरूले जे गर्छन्, त्यसमा प्रसन्न हुनुहोस्। तिनका शत्रुहरूलाई चुर-चुर पारिदिनुहोस्, र तिनीहरू फेरि कहिल्यै उठ्न नसकून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष् दिनुहोस्, र तिनका हातका काम ग्रहण गर्नुहोस्। तिनको विरुद्धमा उठ्ने सबैको कम्मरमा हिर्काउनुहोस्, फेरि उठ्न नसक्ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्, र त्यसका हातका परिश्रमहरूमा प्रसन्न हुनुहोस्। त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्, र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!”
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्। उसले गरेका कुराहरू ग्रहण गर्नु होस्। उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्। उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।”