Deuteronomy 33:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले बेन्यामीनको कुलबारे भने: “परमप्रभुले यही कुललाई प्रेम र रक्षा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई रातभरि रखवाली गर्नुहुन्छ, र उहाँ तिनका माझमा बास गर्नुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन्यामीनको विषयमा तिनले भने: “परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्, किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्नुहुन्छ, र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, तिनी उहाँका काँधका बीचमा विश्राम लिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन्यामीनको बारेमा तिनले भने: “याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्; किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ। अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
“मोशाले बिन्यामीनको विषयमा यी कुरा भने। बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैं रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”