Deuteronomy 33:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बल्दै गरेको पोथ्राबाट बोल्नुहुने परमप्रभुको भलाइद्वारा आशिषित भएर तिनका देश सबै असल कुराहरूले भरिऊन्। यी आशिष् योसेफको कुलले पाओस् किनभने तिनी आफ्ना दाजुभाइका माझमा अगुवा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्वी र त्यसको परिपूर्णताका उत्तम उपहारहरू, र बलिरहेको पोथ्रामा बस्नुहुनेको निगाह— यी सबै योसेफको शिरमाथि रहून्, आफ्ना दाजुभाइहरूमध्येका राजकुमारको आँखीभुइँमाथि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले, अनि जल्दैगरेको पोथ्रामा बास गर्नुहुनेको कृपाले। यी सबै योसेफको शिरमाथि, तिनका दाजुभाइहरूमध्येका राजकुमारको निधारमा रहून्।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्। यूसुफलाई उसको दाज्यू-भाइहरूबाट अलग्ग गराइएको थियो। यसकारण पोथ्रामा बल्दै गरेका परमप्रभुले यूसुफलाई आफ्नोमा भएका सम्पूर्ण उत्तम चीजहरू दिऊन्।