Deuteronomy 33:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफमा एउटा साँढेको बल र जङ्गली गोरुका सिङ छन्, मनश्शेका एक हजार र एफ्राइमका दश हजार पुरुषहरू नै तिनका सिङ हुन्। ती लिएर उनले जातिहरूलाई सिङले हान्नेछन्, र पृथ्वीका पल्लो छेउसम्म ठेली पठाउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्, तिनका सीङ अर्नाका सीङ हुन्। यीद्वारा तिनले जातिहरूलाई, पृथ्वीको पल्लो छेउकाहरूलाई पनि हान्नेछन्। एफ्राइमका लाखौँ यस्तै हुन्छन्, मनश्शेका हजारौँ यस्तै हुन्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ; त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्। ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्नेछ; पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि, ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्; मनश्शेका हजारौँ-हजारझैँ छन्।”
Nepali ERV (पवित्र बाइबल)
यूसुफ शक्तिशाली साँढे जस्तै हो। उसका दुई छोराहरू साँढेका सींगहरू जस्तै छन्। तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन् अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्। हो मनशशेसित हजार मानिसहरू छन् अनि एप्रेमसित दश हजार मानिसहरू छन्।