Deuteronomy 33:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु सीनै पर्वतबाट आउनुभयो, उहाँ सूर्य उदाएझैँ एदोममाथि उदाउनुभयो र पारान पहाडबाट आफ्‍ना प्रजामाथि चम्‍कनुभयो। दश हजार स्‍वर्गदूतहरू उहाँसित थिए, उहाँका दाहिने हातमा आगोको ज्‍वाला थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने: “परमप्रभु सीनैबाट आउनुभयो, र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्‍कनुभयो। लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट, आफ्‍ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने: “याहवेह सीनै पर्वतबाट आउनुभयो, र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो; उहाँ पारान पर्वतबाट चम्कनुभयो। उहाँको पर्वतको ओरालो, दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
मोशाले भने, “परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।