Deuteronomy 33:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍ना लागि सबैभन्दा असल जमिन लिए, तिनीहरूलाई एउटा अगुवाको हिस्‍सा ठहराइदिए। जब इस्राएलका अगुवाहरू एक ठाउँमा भेला भएका थिए, तिनीहरूले परमप्रभुका आज्ञा र नियमहरू पालन गरे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्‍नो निम्‍ति सबभन्‍दा उत्तम जग्‍गा छाने, नायकको हिस्‍सा तिनको निम्‍ति छुट्ट्याइएको थियो। जब मानिसहरूका नेताहरू भेला भएका थिए, तिनले परमप्रभुको धार्मिक इच्‍छा र इस्राएलको सम्‍बन्‍धमा उहाँका इन्‍साफहरू पूरा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो; अगुवाको भाग त्यसका निम्ति राखिएको थियो। जब मानिसहरूका मुख्य व्यक्तिहरू भेला भए, तब त्यसले याहवेहका धार्मिक इच्छा र इस्राएल सम्बन्धी उहाँका नीति-नियमहरू कार्यान्वयन गरायो।”
Nepali ERV (पवित्र बाइबल)
उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्। उनले राजाको भाग नै लैजान्छन्। उनीकहाँ मानिसहरूका अगुवाहरू आउँछन्। परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्। उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।”