Deuteronomy 33:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आशेरको कुलबारे भने: “आशेरले अरू कुलहरूभन्दा धेरै आशिष् पाएको छ, त्यो आफ्ना दाजुभाइको भन्दा प्यारो होओस्। र त्यसका देशमा प्रशस्त जैतुनका रूख होऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आशेरको विषयमा तिनले भने: “छोराहरूमध्ये सबैभन्दा आशिष् पाउने आशेर हुन्। तिनी आफ्ना दाजुभाइहरूको अति प्रिय होऊन्, अनि तिनको आफ्ना खुट्टा तेलले धोऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आश्शेरको बारेमा तिनले भने: छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो; त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्; र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्।
Nepali ERV (पवित्र बाइबल)
मोशाले आशेरको विषयमा यसो भनेः “छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो। ऊ आफ्ना दाज्यू-भाइहरूको खूबै प्यारो होस्। अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्।