Deuteronomy 33:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले लेवीका कुलबारे भने: “परमप्रभु! ऊरीम र तुम्मीमद्वारा आफ्नो इच्छा प्रकट गर्नुहोस्, आफ्नो विश्वासी सेवक लेवीहरूद्वारा त्यसो गर्नुहोस्। तपाईंले तिनीहरूलाई मस्साहमा जाँच्नुभयो, र मरीबाका पानीनिर तिनीहरू सच्चा छन् भनी प्रमाण गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीको विषयमा तिनले भने: “तपाईंको ‘तुम्मीम’ र तपाईंको ‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीको बारेमा तिनले भने: “तपाईंको तुम्मीम र ऊरीम तपाईंको विश्वासयोग्य सेवकका हुन्। तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो; तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः “लेवी तपाईंको साँच्चो चेला हो। उसले तुम्मीम र ऊरीम राख्छ। तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो। मरीबको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।